Bhaktapur Saundarya Kala Byawasayi Sangh

Bhaktapur Saundarya Kala Byawasayi Sangh

Share

भक्तपुर सौन्दर्य कला ब्यवसायी संघ
जिल्ला समिति भक्तपुर

05/09/2026

अतिथी देव भव । । ।

Photos from Bhaktapur Saundarya Kala Byawasayi Sangh's post 03/09/2026

भक्तपुर सौन्दर्य कला ब्यवसायी संघ
जिल्ला समिति भक्तपुर

अतिथि देव भव
सौन्दर्य, कला र संस्कृतिको अनुपम संगम Miss Universe Nepal 2026 का प्रतियोगीहरूलाई नेपालको ऐतिहासिक सम्पदा र पर्यटनसँग जोड्ने यो अद्वितीय 'Bhaktapur Heritage Walk' कार्यक्रम को स्वागत भक्तपुर को च्यामासिह वाट भक्तपुर सौन्दर्य कला ब्यवसायी संघ कार्य समिति र हाम्रो वाजाखल परिवार एव फोटो केयर परिवार र नमस्ते रेस्टुरेण्ट पारिवारको सामूहिक समन्वयमा भब्य रूपना स्वागत समारोह विधिवट रुपना गरिएको थियो । उहा हरुलाई नेवारी टोपी एव खाडा ओडाई टिका तालो गरि घिमेवाजा सहित नगर भित्र्याएको थियो । उत्त १४ जना प्रतियोगीहरु संगै भक्तपुर सौन्दर्य कला ब्यवसायी संघको सम्पुर्ण पदाधिकारीले पनि भक्तपुर नगर परिक्रमा गरि साथ दिएको थियो ।

Photos from Bhaktapur Saundarya Kala Byawasayi Sangh's post 01/09/2026

नेपालको सन्दर्भमा पनि ब्यूटिपार्लर मार्फतआफनो कलाकौशल प्रस्तुत गरी आर्थिक आयआर्जन गर्दै आफनो व्यक्तित्व विकास गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै Big Bell Edutainment Pvt.Ltd द्वारा ब्यवस्यापन गरिने Miss Universe 2026 का सहभागी हरुलाई नेपालकी मौलिक कला सस्कृति इतिहास सम्पदा तथा पर्यटनको वारेमा प्रत्यक्ष जानकारी गराउने उद्देस्यले एक विषेश Heriitage Walk कार्यक्रमसंग समन्वय गरी कार्यक्रम आयोजना गर्न लागिएको ब्यहोरा सादर जानकारी गराउन चाहन्छौ ।

Photos from Bhaktapur Saundarya Kala Byawasayi Sangh's post 03/08/2026

नेपालको सन्दर्भमा पनि ब्यूटिपार्लर मार्फतआफनो कलाकौशल प्रस्तुत गरी आर्थिक आयआर्जन गर्दै आफनो व्यक्तित्व विकास गरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै देश विकासमा टेवा पुर्याउने उदेस्यले आफनो श्रम उद्योग संचालन गरि हालको अवस्थामा सौन्दर्यकर्मीहरु दिनानुदिन बढ्ढो छ ।

Photos from Bhaktapur Saundarya Kala Byawasayi Sangh's post 03/08/2026

भक्तपुर सौन्दर्य कला व्यवसायी संघको
ऐतिहासिक उद्घाटन समारोह, प्रथम वार्षिक साधारण सभा तथा प्रथम जिल्ला अधिवेशन पछिको शोच........
ठूलो बन्ने सपना सबैले देख्छन्, तर के सपना मात्रै देखेर मानिस ठूलो हुन्छ? पक्कै हुँदैन। ठूलो हुनका लागि त अदम्य हिम्मत, स्पष्ट योजना र भुइँतहका मानिसहरूको वास्तविक समस्याको सूक्ष्म पहिचान आवश्यक हुन्छ।
​अहिलेको वर्तमान अवस्थामा हाम्रा धेरै सौन्दर्य व्यवसायी साथीहरूको सपना 'ठूलो बन्ने' छ। जसरी पनि शिखरमै पुग्नुछ। तर, केवल राम्रो सौन्दर्य व्यवसायीमा कोही ठूलो हुँदैन। न त जबरजस्ती पदमा पुग्दैमा कोही महान् हुन्छ। ठूलो बन्न केवल काम गरेर मात्र पनि पुग्दैन; ठूलो बन्नका लागि त साना र संघर्षरत सौन्दर्य व्यवसायीहरूका समस्या बुझ्नुपर्छ र तिनलाई समाधान गर्ने ठोस योजना तपाईंहरूको हक, हित र अधिकारका लागि यो संस्था सधैँ ढाल बनेर उभिने विश्वास ल्याउनुपर्छ।
मार्केटिङको युगसम्म आइपुग्दा सशक्त रूपमा उभिएको छु। यहाँसम्म आइपुग्न मैले जे-जति संघर्ष गरेँ, ती संघर्ष सायद अरू धेरैले पनि गरे होलान्। तर, के यति गर्दैमा म 'ठूलो' भएँ त? ​अहँ, म अझै ठूलो भएको छैन!
​त्यसैले आउनुहोस्, अब 'ठूला' भनिनेहरूको होइन, साना सौन्दर्य व्यवसायीरहरूका वास्तविक समस्या उजागर गरौँ। तिनका पीडा र चुनौतीमाथि छलफल गरौँ र समाधानको व्यावहारिक बाटो पहिल्याउँदै सबैलाई सँगै ठूलो बनाऔँ।
जय सौन्दर्य कला!" जय सौन्दर्य कला!" जय सौन्दर्य कला!"

Photos from Bhaktapur Saundarya Kala Byawasayi Sangh's post 28/07/2026

सौन्दर्य व्यवसायलाई मर्यादित, व्यावसायिक र सुदृढ बनाउनका लागि आफ्नो व्यवसाय र समय छाडेर दिनभरि यस हलमा उपस्थित भई धैर्यतापूर्वक साथ दिनुहुने हाम्रा सम्पूर्ण साधारण सदस्य तथा व्यवसायी साथीहरू र सधै हामी संगै हातमा हात मिलाउने सहयोगी हातहरलाई संघको तर्फ वाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईंहरूको यो उपस्थिति अनि साथले हाम्रो काँधमा थप जिम्मेवारी थपेको महसुस गराउद छ ......

24/07/2026
Want your business to be the top-listed Beauty Salon in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Address


Bhaktapur, Pandubaazer/5
Bhaktapur