ग्रामथान भेट्रान फुटबल क्लब- सिध्राहा

ग्रामथान भेट्रान फुटबल क्लब-  सिध्राहा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ग्रामथान भेट्रान फुटबल क्लब- सिध्राहा, Health/Beauty, Shidhara Gramthan, Morang, Biratnagar.

फुटबल केवल मनोरञ्जनको खेल मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य सुधार्दै सामाजिक सम्बन्ध मजबुत बनाउने उत्कृष्ट खेल हो। त्यसैले स्वस्थ रहन फुटबल खेल्नु उत्तम अभ्यास हो।

जय फुटबल!

खेल मैदान: श्री बाणी माध्यमिक विद्यालय, सिध्राहा
GPS: 26.53498, 87.3496512

06/09/2026
06/09/2026

Gramthan Veteran FC's broadcast

02/09/2026

समयमै टिम दर्ता गरि आफ्नो स्थान सुरक्षित गर्नु होला।!धन्यवाद!

सम्पर्क ९८५१०३९९३३ धिरेन्द्र प्रधान
९८५१०५०२३९ बिराट जङ्ग शाही
९८५१०४३३४२ मधुसुदन

02/09/2026

https://www.facebook.com/share/p/1DMeCNLACa/

राष्ट्रिय टिममा पुग्न नपाएका — प्रतिभाशाली डम्बर राई

बेलबारी नगरपालिका–६, बोराबाँध मोरङका खेतका गरा, पैनी र धुलाम्मे बाटोमा मोजा र बलाडरको बलले खेलेर हुर्किएर फुटबलको ठूलो मैदानसम्म पुगेका एक चर्चित तथा प्रतिभाशाली फुटबल खेलाडी हुन्—डम्बर राई।

उनी फागु आले मगर, देवनारायण चौधरी,शंकर राई, दिपेन्द्र धिमाल, पावर खवास, तारिक चौधरी, पारस चौधरीहरू लगायत पछिको पुस्ताको मोरङ जिल्लाले जन्माएको एक होनहार खेलाडी हुन्। औपचारिक प्रशिक्षण र पर्याप्त सुविधाभन्दा पनि खेलप्रतिको लगाव, मेहनत र निरन्तर अभ्यासले उनको फुटबल यात्रालाई अगाडि बढायो।

आफ्नो सक्रिय खेलजीवनमा उनले स्थानीयदेखि उच्चस्तरसम्मका थुप्रै प्रतियोगिता खेले। फुटबलले उनलाई नेपालमा मात्रै सीमित राखेन, छिमेकी देश भारतसम्म पनि डोर्‍यायो। २०५० को दशकदेखि स्थानीय स्तरमा भएका प्रायः कुनै पनि प्रतियोगिता उनको सहभागिताबिना पूरा भएनन्।

उच्च शिक्षा अध्ययनका क्रममा धरान बसाइँले उनको फुटबल प्रतिभालाई अझ निखार्ने अवसर दियो। त्यसपछि उनले मोरङ जिल्ला तथा विराटनगरको सम्राट स्पोर्टिङ क्लबको नेतृत्व गर्दै धेरै प्रतियोगिताहरू खेले। त्यो बेलादेखि सुरु भएको उनको फुटबल यात्रा आज पनि भेट्रान खेलाडीका रूपमा जारी छ।

दुर्भाग्य भन्नुपर्छ, त्यतिबेला एन्फाभित्रको विवादका कारण लिग हुन सकेन। लिग नियमित रूपमा सञ्चालन भएको भए सायद उनले राष्ट्रिय टिमको ढोका खोल्न सक्ने थिए।
तर राष्ट्रिय टिममा पुग्न नपाए पनि उनको असाधारण खेल कौशलले उनलाई फुटबलप्रेमीहरूको माझ सम्झनामा अमिट छाप बनाएको छ।
स्ट्राइकरको भूमिकामा अनुशासन र आत्मा विश्वासले खेल्ने ड्रिब्लिङ, कन्ट्रोलिङ्ग र सटिक प्रहारमार्फत गोल गर्ने अद्भुत क्षमता उनका विशेषता थिए।
खेतको गरा,पैनि तथ धुलाम्मे बाटो देखि सुरु भएको उनको फुटबलको ठूलो मैदानसम्मको यात्रा आज पनि धेरै फुटबलप्रेमीका लागि एउटा प्रेरणादायी कथा हो।

डम्बर राई—एक यस्तो प्रतिभा, जसलाई समयले बिर्सन सक्ला, तर फुटबलको मैदानले कहिल्यै बिर्सने छैन।
BM Football Academy अरुण बुतेपाछा चाम्लिङ Nishan Dhimal Didder Ases Ryye Sonam Chamling Rai Sanjib Budathoki Aaditya Tamang बाबिया बिर्ता युवा क्लव Sushant Shrestha रोहन राई Jages Chaudhary Parash Chaudhary Madan Limbu Chongbang समिर मोक्तान तामाङ GoalNepal.com मिलन राई जयहाङ्ग राई Sugam Karki

29/08/2026

युनाइटेड भेट्रान्स र ग्रामथान भेट्रान्सबीचको मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन समारोह। ⚽🏆

Anantaram Chaudhary Radhe ChaudharySharwan Bishwakarma

29/08/2026

आज United Veteran र Gramthan Veteran बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो। ⚽🤝

जय फुटबल! ❤️

Photos from Gramthan Veteran FC's post 09/05/2026

आज भएको नेताचोक टाइगर नकआउट फुटबल प्रतियोगिता पहिलो खेल golden star भलुवा vs babiya fc को केहि झलक |

Netachowk Tiger Club NTC

Want your business to be the top-listed Beauty Salon in Biratnagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Shidhara Gramthan, Morang
Biratnagar