Shree Prabhat Secondary School Dehimandau Doti
शिक्षा बिहानिको चम्किलो किरण हो
08/09/2026
आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू
नमस्कार!
विक्रम संवत २०८२ साल भदौ २३ गते भएको 'जेन जी’ आन्दोलनका महान सहिदहरूको सम्झना र सम्मानमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले भदौ २३ गते (मंगलबार) विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ ।
विद्यलायको नियमित पठनपाठन भोलि मिति २०८३ भदौ २४ गते (बुधबार) देखि पूर्ववत् समयमै सञ्चालन हुनेछ ।
धन्यवाद!
विद्यालय प्रशासन
07/09/2026
सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा अभिभावक ज्यूहरू,
PMT मा छनोट भएका र सूचनामा नाम भएका विद्यार्थीहरूले तोकिएको समयमा बैंक खाता खोल्ने सम्बन्धी सूचना र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूले रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धी सूचना !!!
06/09/2026
हार्दिक स्वागत तथा आत्मीय सम्मान! 🌟
TECSES Nepal Project का आदरणीय प्रतिनिधिज्यूहरूलाई श्री प्रभात माध्यमिक विद्यालयमा हार्दिक स्वागत तथा आत्मीय सम्मान व्यक्त गर्दछौँ। 🙏
शिक्षाको गुणस्तर, प्रविधिको प्रयोग र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणका लागि हुने यस्ता सार्थक सहकार्य र अवलोकनले विद्यालयको शैक्षिक यात्रामा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास लिएका छौँ। 📚💡
यहाँहरूको आगमनले हाम्रो विद्यालयको आँगन अझ गौरवान्वित बनेको छ। ❤️
🙏 स्वागतम्, सुस्वागतम्!
श्री प्रभात माध्यमिक विद्यालय परिवार
“गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र उज्ज्वल भविष्यतर्फ हाम्रो यात्रा।” 🌱📚
सूचना ! सूचना !! सूचना !!!
भोटेकोशी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🕯️🙏
उहाँहरूको सम्झनामा मिति २०८३/०५/२२ गते विद्यालयमै राष्ट्रिय शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएकाले शिशु कक्षादेखि कक्षा १२ सम्म विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ।
विद्यालय बन्द रहने छैन।
सबैको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध। 🙏
श्री प्रभात माध्यमिक विद्यालय परिवार
“दुःखमा एकता, दिवंगतप्रति श्रद्धा।” 🕯️
विद्यालय प्रशासन
उत्कृष्ट प्रस्तुति , मार्मिक गीत
कक्षा १२ रुपा कापडी
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रमको अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै कक्षा ९ कि छात्रा लक्ष्मी विष्ट
03/09/2026
विद्यालयको आर्थिक वर्ष २०८२ /o८३ सालको सामाजिक परीक्षण तथा प्रथम त्रैमासिक परीक्षा नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रमको अवसरमा यस विद्यालयमा २०८२ सालमा सबैभन्दा बढी दिन विद्यालयमा उपस्थित हुने आदरणीय म्याम मङ्गला भट्ट र विद्यालयमा सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थी भाइबहिनीहरूका आमाबुबालाई सम्मान गरियो ।
03/09/2026
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषण
२०८३
02/09/2026
नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रम
विद्यार्थीको मेहनत, अभिभावकको साथ र विद्यालयको निरन्तर प्रयासको परिणाम—आउनुहोस्, उपलब्धि समीक्षा गरौँ र आगामी यात्रालाई अझ उत्कृष्ट बनाऔँ।
01/09/2026
प्रभात माविको आवासीय मेसमा रातको शान्त समयमा पनि भविष्य निर्माणको यात्रामा जुटिरहेका विद्यार्थी भाइबहिनीहरू।
निन्द्राभन्दा ठूलो सपना, आरामभन्दा ठूलो लक्ष्य! ❤️
आजको मेहनत नै भोलिको सफलताको आधार हो। ✨
श्री प्रभात माध्यमिक विद्यालय — अनुशासन, मेहनत र उज्ज्वल भविष्यको संगम। 🌟📖
#प्रभातमावि #मेहनतकोयात्रा #विद्यार्थीजीवन #उज्ज्वलभविष्य
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Doti