I support Bijay Yadav Nirbij

I support Bijay Yadav Nirbij

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I support Bijay Yadav Nirbij
, Health/Beauty, Kathmandu.

Photos from I support Bijay Yadav Nirbij 
's post 14/09/2026

#हरितालिका_तीजको_हार्दिक_शुभकामना 🙏🎉
फतुवा विजयपुर नगरपालिका वडा नं ६, पेटभर्वास्थित राम टोलका दलित समुदायद्वारा आयोजित महानपर्व तीजको पावन अवसरमा लोक प्रिय युवा नेता मेयर प्रत्यासी विजय यादव (निर्विज) लाई आमन्त्रण गरी माया,सम्मान र आत्मीयता प्रदान गर्नुभएकोमा सम्पूर्ण श्रद्धालु दिदीबहिनी तथा आयोजकप्रति हार्दिक आभार एवं विशेष धन्यवाद व्यक्त गर्दछु। 🙏
हरितालिका तीजले सम्पूर्ण नगरवासीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भाव कायम गरोस् भन्ने हार्दिक मंगलमय शुभकामना। 🌺🙏

Photos from I support Bijay Yadav Nirbij 
's post 14/09/2026

#सञ्जय_यादव_आज_थुना_मुक्त
#सत्यको_जीत_षड्यन्त्रको_हार
फतुवा विजयपुर वडा नं ५, सन्तपुरमा (दो) मा दलित समुदायमाथि भएको साङ्घातिक आक्रमणको घटनामा लोक प्रिय युवा नेता मेयर प्रत्यासी विजय यादव निर्विजका दाई सञ्जय यादव भनिने शिउपूजनलाई षड्यन्त्रमूलक ढंगले फसाउने गरिएको प्रयास अन्ततः असफल भएको छ।
रौतहट सरकारी वकिलको कार्यालयमार्फत आज उहाँ थुना मुक्त हुनुभएको छ। उहाँको थुना मुक्तिसँगै सत्यको पक्षमा एउटा महत्वपूर्ण जीत भएको महसुस गरेका छौँ।
सत्यलाई केही समय दबाउन सकिएला, तर सदाका लागि पराजित गर्न सकिँदैन। न्याय र सत्यको यो यात्रामा साथ, सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण शुभेच्छुक, आफन्त तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
#सत्यको_जीत_होस्_अन्यायको_अन्त्य_होस्।

14/09/2026

#श्री_गणेश_चतुर्थीको_हार्दिक_मंगलमय_शुभकामना 🌺
विघ्नहर्ता भगवान् श्री गणेशको कृपाले सबैको जीवनमा
सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सफलता प्राप्त होस्।
जीवनका सम्पूर्ण बाधा अड्चनहरू हटून् र हरेक शुभकार्यमा सफलता मिलोस्।
श्री गणेश चतुर्थीको पावन अवसरमा हार्दिक शुभकामना! 🙏
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

14/09/2026

#हरितालिका_तीजको_हार्दिक_मंगलमय_शुभकामना 🙏
नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ एवं शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस पवित्र पर्वले आपसी प्रेम,सद्भाव,पारिवारिक एकता र सामाजिक सहिष्णुता अझ मजबुत बनाओस्। सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य र सफलताको नयाँ उज्यालो छाओस भन्ने हार्दिक शुभेच्छा।
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिकाका_रौतहट

04/09/2026

#श्रीकृष्ण_जन्माष्टमीको_हार्दिक_शुभकामना 💐

श्रीकृष्ण जन्माष्टमी २०८३ को पावन अवसरमा सम्पूर्ण नगरवासी, देश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

श्रीकृष्ण जन्माष्टमी एक धार्मिक पर्व मात्र नभई धर्म, न्याय, प्रेम र कर्मयोगको प्रतीक पनि हो । भगवान श्रीकृष्णको जीवनले मानवता, सहिष्णुता र सत्य मार्गमा चल्न प्रेरणा दिन्छ । गीता उपदेशमा वर्णित योगमार्गहरू : राजयोग, भक्तियोग, कर्मयोग र ज्ञानयोग,आज पनि हाम्रो जीवनको प्रत्येक मोडमा मार्गदर्शकका रुपमा रहेका छन्।

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं विविधतायुक्त संस्कृति र वैदिक परम्पराले श्रीकृष्ण जन्माष्टमीलाई सामाजिक एकता, सांस्कृतिक समरसता र आध्यात्मिक चेतनाको पर्व बनाएको छ । यो पर्वमा भक्तिभाव एवं आस्थाका साथ आयोजना गरिने झाँकी, भजनकीर्तन, कृष्णलीला, उपवास र सामूहिक पूजा–आराधनाले श्रद्धालुहरूलाई आत्मशुद्धि र भाइचारा बढाउने अवसर प्रदान गर्दछ ।

श्रीकृष्णको बाललीला, गोवर्धन धारण र गीता उपदेशजस्ता पौराणिक प्रसंगहरूले धर्मको पुनस्र्थापना र अधर्मको विनाशको सन्देश दिन्छन । यस पर्वले सत्य, करुणा र समत्वको मार्गमा अग्रसरताका लागि हामीलाई सघाउ पुग्दछ। भगवान श्रीकृष्णले सिङ्गो मानवताको भलोका लागि अपनाएका नव आचार र विचारहरुलाई अवलम्बन गर्न यो पर्वले अभिप्रेरित गर्दछ । यस अवसरमा गरिने पूजा र प्रार्थनाले हाम्रा कर्महरुको नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्छ ।

श्रीकृष्णको जीवनलाई प्रेम, करुणा र न्यायको प्रतीक पनि मानिन्छ । श्रीकृष्णको चरित्र समाजलाई समरसता, समावेशिता र धर्ममाथि अडिग रहने संदेश दिन्छ । सांस्कृतिक एकता, भक्तिभाव र उत्सवधर्मिताको उत्सवको रुपमा समेत रहेको यो पर्वमा अधर्ममाथि धर्मको विजय, जीवनको संघर्षहरुमा समत्व र संयम, आत्म उन्नतिका लागि कर्मयोग, प्रेम र भक्ति मार्गलाई अंगिकार गर्ने जस्ता सन्देश निहित रहेका छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरले धर्मको ज्योति र प्रेमको सुगन्धबाट सबैको जीवन उज्जवल बनाउन सहयोग पुगोस् । श्रीकृष्णको आदर्शहरु अपनाउँदै जीवनमा सत्य, धर्म र करुणाको मार्गमा अग्रसर हुन यो पर्वले सबैलाई उत्प्रेरित गरोस् ।

अन्त्यमा, भगवान श्रीकृष्णको दिव्य शिक्षाले हामी सबैमा धर्म, प्रेम र सहिष्णुताको ज्योति फैलाउन अभिप्रेरित गर्न सकोस् । सत्य र कर्मको मार्गमा अग्रसर भई सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा योगदान पु¥याउन यो पर्वबाट प्रेरणा मिलोस् भनी पुनः श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट

28/08/2026

#जनै_पूर्णिमा_तथा_रक्षा_बन्धनको_हार्दिक_मंगलमय #शुभकामना 🙏
पवित्र प्रेम, आपसी सद्भाव, विश्वास र भाइबहिनीबीचको अटुट सम्बन्धको पर्व जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 💐🙏
#मेयर_प्रत्यासी
#विजय_यादव_निर्विज
#फतुवा_विजयपुर_नगरपालिका_रौतहट

27/08/2026

#जन्मदिनको_हार्दिक_बधाई_तथा_शुभकामना 💐

Photos from I support Bijay Yadav Nirbij 
's post 27/08/2026

#भावपूर्ण_श्रद्धाञ्जली_सहित_गहिरो_सम्वेदना💐💐
फ़तुवाबिजयपुर नगरपालिका मेवा निवासी समाजसेवी श्री गिरधारी रामको भाई बुहारीको १३ औ दिनको पुण्यतिथिमा वहाँको घरमा लोक प्रिय युवा नेता मेयर प्रत्यासी विजय यादव निर्विज पुगी वहाँ प्रति भावपूर्ण श्रद्धांजली सहित शोकाकुल परिवारजनमा गहिरो संवेदना अर्पण गरियो !💐💐

27/08/2026

रसुवा बाढी: रौतहटका #गौरव #राउत सम्पर्कविहीन
​रसुवामा आएको बाढीका कारण रौतहट, वृन्दावन नगरपालिका–२ (धनगढी) का गौरव राउत सम्पर्कविहीन हुनुभएको छ। उहाँको हालको अवस्था र स्थिति अज्ञात छ।
​उहाँका बारेमा कुनै जानकारी, सुराक वा खबर प्राप्त भएमा कृपया तत्काल निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध छ:
​सम्पर्क नम्बर: 9840072345
​उहाँको शीघ्र सकुशल उद्धारको कामना गर्दै यो सूचनालाई धेरैभन्दा धेरै शेयर गरी सहयोग गरिदिनुहोला।

27/08/2026

#भावपूर्ण_श्रद्धाञ्जली_सहित_गहिरो_सम्वेदना 💐💐
फतुवा विजयपुर नगरपालिकाका वडा नं ५ सन्तपुर( दो.) निवासी समानित व्यक्तित्व शेख सहमुदिनको असमाहिक निधनले अत्यन्त दुःखित बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ !
#विजय_यादव_निर्विज
#मेयर_प्रत्यासी
#फतूवा_विजयपुर_नगरपालिकाक_रौतहट

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kathmandu